२५ असार २०८३, बिहिबार | July 9, 2026

औषधी लिएर बिहिबार पनि बुटवल नगरप्रमुख संक्रमितको घरघरमा, संक्रमितको घर पुगेनन् स्वास्थ्यकर्मी



बुटवल । बुधबार देखि प्रतिरोधात्मक औषधी र आहार तालिका सहित संक्रमित भेटन घरघर पुगेका बुटवल उपमहागरका नगर प्रमुखले आज पनि संक्रमित भेट्ने अभियानलाई निरन्तरता दिएका छन् ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला र आत्मबल पु¥याउन भन्दै बुधबार देखि आहार तालिका, स्वास्थ्य लाभको शुभकामना पत्र र केहि प्रतिरोधात्मक एलोपेथिक र आयुर्वेदीक औषधी लिएर संक्रमित भेटने अभियानलाई बुटवलमा नगर प्रमुख शिवराज सुबेदीले आज पनि निरन्तरता दिएका हुन् ।

आज मध्यान्ह देखि उप प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्मा तथा सम्बन्धित वार्डका वार्ड अध्यक्ष सहितको टोलिले ११ जना संक्रमितको घरघर पुगेर भेटघाट गरेका छन् । उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शर्माका अनुसार बिहिबार वार्ड नम्बर ८ का ८ घर, वार्ड नम्बर १, १६ र ४ का १।१ घरमा पुगेर संक्रमितलाई स्वास्थ्य लाभको कामना सहित औषधी र आहार तालिका हस्तान्तरण गरेका छन् ।

कतिपय संक्रमितले टिपाएको मोबाईल नम्बरका आधारमा घर फरक परेको र तीनीहरुलाई भेट्न नसकिएको प्रशासकिय अधिकृत शर्माले बताए ।

बुधबार राती सम्ममा बुटवल उपमहानगर सम्ममा ५८ जना संक्रमितहरु सेल्फ होम आइसोलेसनमा बसिरहेका छन् ।

केन्द्रीय कोभिड-१९ क्राईसिस मेनेजमेन्ट सेण्टरले होम आईसोलेसनमा बस्ने संक्रमितलाई पुर्णरुपमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गरि अनुमति दिनु पर्ने ब्यवस्था गरेपनि बुटवलमा होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई कोही पनि स्वास्थ्यकर्मी भेटन नआएको संक्रमितहरुले बताएका छन् । कन्ट्याक्ट ट्रेसिङका लागि एक पटक फोन आएको बाहेक स्वास्थ्यकर्मी घरमा नआएको वार्ड नम्बर ११ का एक संक्रमितले बताए ।

सिसिएमसिले लक्षण सहितको संक्रमितलाई होम आइसोलेसनमा बसाल्न नहुने नीति बनाए पनि बुटवलमा होम आइसोलेसनमा बसेका कतिपय संक्रमितलाई ज्वरो आएको, पखाला लागेको जस्ता लक्षण देखिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ५ : ५९ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट