२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अप्रेशन सकिए लगत्तै बिरामीमा कोरोना पुष्टि, अस्पताल सिल गरेर चिकित्सकहरु आइसोलेट



बुटवल । बुटवलको सुख्खानगर स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा अप्रेशन सकिए लगत्तै बिरामीको कारोना पुष्टि भएपछि अस्पतालको ३ वटा वार्ड सिल गरेर चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आइसोलेट भएका छन् ।

बुटवल मिलनचोकका एक जना बिरामीको एपेन्डिक्सको अप्रेशन गरे लगत्तैे कोरोना पुष्टि भएको रिपोर्ट आएपछि चिकित्सक सहित स्वास्थ्यकर्मी आइसोलेसनमा बसेर अस्पतालको प्रमुख वार्डहरु सिल गरिएको होे ।

एपेन्डिक्स फुट्ने अवस्थामा पुगेका कारण पीसीआर रिपोर्टको प्रतिक्षा नगरि शल्यक्रिया थालिएकोमा बिरामीको शल्यक्रिया सकिए लगत्तै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । ‘शल्यक्रिया लगत्तै कोरोना पुष्टि भयो, चिकित्सक सहित स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा बसालेर ओटी र पोष्ट ओटी सिल गरेका छौं ।’ अस्पतालका अध्यक्ष चिरन्जिबी जोशीले भने ।

बिरामीको अवस्था सामान्य रहेको र अस्पतालको ओटी, पोष्ट अप्रेशन र आपिडी सेवा बन्द गरिएको अध्यक्ष जोशीले बताए । उनले ३ जना चिकित्सक सहित १२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको बताए ।

तिनाउ ईन्टरनेशनल अस्पताल प्रदेश ५ को एक मात्र न्युरो अस्पताल भएको अस्पतालले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ८ : ४८ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम