२४ श्रावण २०८३, आइतबार | August 10, 2026

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो



धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ । पहिरो हटाइपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ ।

पहिरो पन्छाएसँगै त्रिभुवन राजपथअन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

“पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्”, उनले भने । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । शनिबार उक्त स्थानमा तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ५६ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता