२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राहत र पुनर्निर्माणमा विशेष पहल लिन माग गर्दै सांसद क्षेष्ठले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र



काठमाडौं । असोज ११ र १२ गते गएको बाढी तथा पहिरोबाट पीडित नागरिकहरुको उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिटो काम गर्न बागमतीका सांसद गंगानारायण श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठले बाढी–पहिरोबाट मानवीय साथै भौतिक क्षति धेरै भएकाले तत्काल राहत तथा पुनर्निर्माण गर्न माग गर्दै पाँच बुँदे ध्यानाकर्षपत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् । उनले अप्ठ्यारो परिस्थितिमा विद्यमान कानुभन्दा माथि उठेर राहत तथा पुनर्निर्माणमा काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले तीनै तहको समन्वयमा छिटो राहत तथा पुनर्निर्माण काम गर्न ध्यानाकर्षण गराएका हुन् । पाँच बुँदे ध्यानाकर्षण बुझाएका श्रेष्ठले कमजोर ठाउँका बस्तीको स्थान्तरणदेखि सडक सुचारु तथा बालीनाली सखाप भएका नागरिकलाई राहत उपलब्ध गराउन बागमती सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : २९ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार