३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलमा आज सामना परिवारको साँस्कृतिक कार्यक्रम हुँदै



बुटवल । समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा आएको छ । आज दिउसो १ बजेदेखि बुटवल उद्योग वाणिज्य संघको सभा हल ईट्टाभट्टीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सामना परिवारले जनाएको हो ।

असोज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुरमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेर आज बुटवलमा प्रस्तुत गर्ने तयारी छ । बुटवलमा प्रस्तुति प्रस्तुत गरेर सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमको नेतृत्व गरेका बामपंथी नेता मणि थापाले बताए ।

कार्यक्रमको मुल उद्धेश्य जनपक्षीय गीत संगीत मार्फत मनोरन्जन, माओवादी आन्दोलनको विगत र भविष्यका विषयमा प्रष्ट पार्ने रहेको आयोजक सामना परिवारले जनाएको छ । चर्चित कलाकार माइला लामा लगातले क्रान्तिकारी गीत, नृत्य र नाटक प्रस्तुत गर्ने छन् ।

कार्यक्रम अवलोकनका लागि रु २०० को टिकट शुल्क रहेको तर रकम तिर्न नसक्नेले निशुल्क हेर्न पाउने आयोजकले स्पष्ट पारेका छन् । सबै माओवादी घटकहरुको समर्थन रहेको उक्त कार्यक्रमको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ४२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड