४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेले दिए ५०/५० लाख रुपैयाँ सहयोग



काठमाडौँ । सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी ५० लाख रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।
यसैगरी, सरकारको नेतृत्व गरेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले आजै प्रधानमन्त्री ओलीलाई भेटेर ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका नेताहरुले सो चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : २१ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा