२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार



काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज १७ गते ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम नेपाली सेनासँग समन्वय गरी उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समितिबाट सञ्चालित सेफ हाउसका एक जना कमर्चारीका साथ उनलाई प्रदेश अस्पताल, सुर्खेतमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पताल, बाजुराका चिकित्सक प्रकाशबहादुर बुढाका अनुसार बालिका हाडनाता करणीमा परी गर्भवती भएको र ३६ हप्ताको गर्भवती बेहोश भएको अवस्थामा उनको उद्धार गरिएको हो ।

सेफ हाउसका कर्मचारीका अनुसार निज किशोरी कक्षा ६ मा अध्ययनरत रहेको, आफन्त कोही पनि सम्पर्कमा नआएको र उनका आमा, बुबा भारतमा रहेको समेत जानकारी प्राप्त भएको छ ।

उद्धारको भोलिपल्टै पीडितले बच्चालाई जन्म दिएको र हाल आमा तथा बच्चा दुवैको अवस्था स्वस्थ रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका प्रभावकारी रुपमा सञ्चालनमा आएको छ ।

उक्त कार्यक्रम पूर्ण रुपमा १९ जिल्ला र आंशिक रुपमा जम्मा २९ जिल्लाका (विकट स्थानीय तह) गरी जम्मा ४८ जिल्लामा लागु भैसकेको छ । यस कार्यक्रमअन्तर्गत नेपाली सेना तथा अन्य निजी हेलीकप्टरसँगको समन्वयमा हालसम्म जम्मा सात सय ५७ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : १७ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास