३ भदौ २०८३, बुधबार | August 19, 2026

रोजगारीका लागि भारत गएका दुई लाख नेपाली नेपालगन्ज नाकाबाट घर फर्किए



नेपालगन्ज । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् ।

भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।

“भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ”, बुढाथोकीले भने, “सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ, बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।”

अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् । दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, ई–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताए ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १२ : ५७ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल