९ पुस २०८२, बुधबार | December 24, 2025

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल



म्याग्दी । बडादशैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो ।

बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका-३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ ।

बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो ।

सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए ।

गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै रु तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हानेका थिए । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा रु तीन लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा रु तीन लाख, २०७६ सालको दशैँमा दुई लाख ८० हजारमा मार हानेका थिए ।

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।

भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ ।

तत्कालीन बाइसे/चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ४३ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड