१५ भदौ २०८३, सोमबार | August 31, 2026

बाँकेमा धुमधामका साथ गरियो दुर्गामूर्ती विसर्जन (फोटोफिचर)



नेपालगन्ज । घटस्थापनाको दिनदेखि बाँकेका विभिन्न स्थानमा स्थापना गरिएको दुर्गा भवानीको मूर्ती आज बिधिवत बिसर्जन गरिएको छ । ९ दिनसम्म बिधिपूर्वक पूजा अर्चाना गरिएको दुर्गाभवानीको मूर्ती आज बाँकेका बिभिन्न नदीतटमा लगेर विसर्जन गरिएको हो ।

यसवर्ष नेपालगन्ज उपमहानगरपालिकामा मात्र ५० बढी र बाँके जिल्लाभरबाट झण्डै ५ सय बढीको हाराहारीमा दुर्गा भवानीको मूर्ती स्थापना गरि नवरात्रको पूजा गरिएको थियो । मूर्ती निर्माणस्थलमा हवन गर्दै बाजागाजा र भक्तजनको लावालस्कर सहित बाँकेको राप्ती नदी, अगैया, मानखोला र नजिकका पवित्र जलकुण्ड तथा नदि घाटहरुमा मूर्ती बिसर्जन गरिएको छ ।

नदी घाटमा लग्नुपूर्व दुर्गा उपासकहरुले बिभिन्न घरेलु हतियार सहित नेपालगन्जका चोकहरुमा खेल प्रदर्शन गरेका थिए । जिल्लाका अधिकांस स्थानका मूर्तीहरु नेपालगन्जमा एकत्रित भई नगर परिक्रमा सहित राप्तीनदीको सिधनिया घाटमा विसर्जन गरिएको थियो भने धम्बोझी पश्चिमका मूर्ती मानखोला र कोहलपुर पूर्व स्थापना भएका मूर्ती अगैया घाटमा विसर्जन गरिएको थियो ।

मूर्ती विसर्जनको सुरक्षा प्रबन्धका लागि १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक आयुस जोशीले बाँकेमा मूर्ती विर्षजन गर्दा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४२ बजे

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको