५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँके प्रहरीको हिरासतका थुनुवामा कोरोना पुष्टि, पक्राउ गर्नजाने प्रहरी र सम्पर्कका केहि क्वारेन्टिनमा



नेपालगञ्ज । प्रहरीको अनुसन्धानकै क्रममा रहेका एक जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खैलाबैला भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जले शुत्रबार सार्वजानिक गरेको पीसीआर रिपोर्टमा जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवालाई कोरोना संक्रमण पुष्टि भएपछि थुनुवाको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवाको बिवरण लिन सुरु गरिएको छ ।

अस्पतालको पछिल्लो पीसीआर परीक्षणको रिपोर्टमा लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरि हिरासतमा रहेका २४ वर्षीय थुनुवालाई कोरोना देखिएको हो ।

म्याद थपका लागि अदालत लैजानु अगाडी कोरोना परीक्षणका लागि स्वाव लिईएकोमा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले बताए । उनले अदालत लैजाने क्रममा र उनलाई पक्राउ गरेर ल्याउने क्रममा सम्पर्कमा रहेका प्रहरी तथा अन्यको विवरण तयार गरि उनीहरुलाई क्वारेन्टिनमा बसालिएको जानकारी दिए । कोरोना पुष्टि भए पछि संक्रमितलाई कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाईएको डीएसपी खड्काले बताए ।

खड्काका अनुसार बाँके प्रहरीले नयाँ थुनुवालाई पक्राउ गरेर ल्याए लगत्तैछुट्टै राख्ने र कोरोना जाँच गरेर नेगेटिभ आएपछि मात्रै संगोलमा मिसाउने गरेको छ । बाँके प्रहरीले अभियुक्तलाई समातेर ल्याइसकेपछि अदालत बुझाउने र अनुसन्धान गर्नुपर्ने भएकालाई पीसीआर रिपोर्ट नआउंदा सम्म छुट्टै राख्ने गरेको छ ।

बाँके प्रहरी प्रमुखकारुपमा प्रहरी उपरिक्षक ओमबहादुर रानाको बाँकेमा सरुवा भएसँगै बाँके प्रहरीले वर्षौ देखि फरार रहेका बिभिन्न कसुरमा सजाँए पाएका अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १० : १७ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको