१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

छिन्चु–जाजरकोट सडकखण्डमा ठेकेदारको मनमौजी, पुल निर्माण अलपत्र



जाजरकोट । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ ।

तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो ।

सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले अलपत्र अवस्थामा रहेको स्थानीयको भनाइ छ ।

भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो ।

विसं २०७४ मा सडकखण्डको ७० किलोमिटर भित्रको सुर्खेत जिल्ला क्षेत्रका ६ वटा पुल निर्माणको लागि लामा कन्स्ट्रक्सनले २७ करोडमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

सम्झौता गरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले तीन वर्षको अवधिमा आफ्नो सम्झौताअनुसार पुल निर्माणको कार्य सम्पन्न गरेको छ ।

सुर्खेत जिल्लाभित्र पर्ने सडकखण्डमा लामा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्दासमेत जाजरकोट खण्डको सडकका पुल कछुवा गतिमा अगाडि बढेका छन् ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम समयमा हुन नसकेपछि स्थानीय वर्षातको समयमा सास्ती खेप्न बाध्य छन् ।

समयमै ठेकेदारले काम नगर्दा वर्षातको समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको मध्यपश्चिम यातायात प्रालि जाजरकोटका एरिया इञ्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए ।

खोर्के खोला आलि नजिकैको पुलले यातायात सञ्चालनमा निकै कठिनाइ भएको उनको भनाइ छ । छेडा चौरदेखि खलङ्गा सम्मका ६ वटा पुल निर्माणमा ठेकेदारको लापरवाहीका कारण यातायातका साधन अवरुद्ध हुँदै आएको चन्दको भनाइ छ ।

निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले सुर्खेततर्फका पुल निर्माण कार्य सम्पन्न गरेर जाजरकोट जिल्ला तर्फका पुल असार नजिकिएपछि पेश्की फछ्र्यौटको बहाना गर्दै काममा आलटाल गरिरहेको बताइएको छ ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले जाजरकोटका ६ वटा पुल समयमा काम नगरेर अलपत्र पारेको छ । यो सडकलाई भेरी करिडोरको रुपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले सडक विस्तारका नाममा करोडौँको बजेट खर्च गर्दै आएको छ ।

रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले पुलको डिजाइन बिग्रेको कारण ढिलाइ भएको स्वीकार गरेका छन् ।

“दुई वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्न सकिन्छ । तर सरकारले गलत डिजाइन दिए म के गरौँ”, उनले भने। चार वटा पुलको डिजाइन स्टेमेट बिग्रेको कारण पुल निर्माणमा ढिलाइ भएको खड्काको भनाइ छ ।

उक्त सडकखण्डको छेडाचौर–खलङ्गा सडकखण्डमा रहेका ६ वटा पुलको निर्माण अन्तिम चरणमा गएको ठेकेदार खड्काको भनाइ छ ।

अहिले वर्षाले काम गर्न नसकिएपनि सामग्री पुगिसकेको खड्का बताउँछन् । सरकारले लकडाउन गर्दा भारतबाट आएका कामदार बाहिर गएको कारण काम तत्काल सञ्चालनमा कठिन भएको खड्काले बताए । – रासस

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ८ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले