२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग



काठमाडौं । आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।

गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै पुनःभृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । समाजका अध्यक्ष प्रभा पोख्रलले श्रम ऐन, २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने, गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रमकानुनका रुपमा व्यवस्था गर्नुपर्ने माग गरिन् ।

गृृह श्रमिकहरुको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरु (राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा आदि) गृह श्रमिककले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाज गरेको छ ।

गृह श्रमिकहरुको महत्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ४३ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा