१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वामीटक्सारमा नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला



गुल्मी । गुल्मीको वामीटक्सारमा चौथो नौमती सांस्कृतिक महोत्सव तथा २ दिने वामी मेला सम्पन्न भएको छ । वामी विश्व सम्पर्क मन्चको आयोजनामा चौथाृ सृङ्खलाको नौमती सांस्कृतिक महोत्सव तथा २ दिने वामी मेला सम्पन्न भएको हो ।

लोपहुदै गएका लोकबाजा तथा लोक सस्कृतिलाइ संरक्षण गर्ने र गाउँ घरबाट लोपहुदै गएका चर्खे पिङ, लिङे पिङ जस्ता मनोरञ्जनका साधन मार्फत दर्शकहरुलाइ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको वामी विश्व सम्पर्क मन्चका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिए ।

संस्कार जागरण समुह वामीटक्सारको भजन, मुसिकोट नगरपालिका ७ पल्टारको हेम्पाई नृत्य, नेवार समुदायको लाखे नाँच, सवडागाउँको सरायँ नाच, मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य लगायत मेलामा अन्य विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा समग्र मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न समुदायका संस्कृतीहरुको समिश्रण सहित स्थानीय विभिन्न संस्कृतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा नौमती बाजा प्रतियोगीता तर्फ १३ समुहले सहभागीता जनाएका थिए । जसमध्ये खड्क कालिका नौमती बाजा समुह प्रथम, गुल्मी मालिका बाजा समुह बुटबल द्धितिय, आँपचौर पञ्चेबाजा समुह तृतीय भएका छन् भने उत्कृष्ट सहनाई बादक तर्फ आँपचौर पञ्चेबाजा समुहका सुजीन परियार उत्कृष्ट भएका छन् ।

नौमती पञ्चेबाजा नृत्य प्रतियोगीता तर्फ भने साग्दी सत्यवती बाजा समुहका प्रदिप क्षेत्री र संगीता थापा प्रथम, आँपचौर पञ्चेबाजा समुहका श्रीस वि.क र सम्झना परियार द्धितिय एवम् नौमती बाजा समुह बडिगाडका चन्द्र बहादुर भुजेल र देव भुजेल तृतीय भएका छन् ।
मेलामा शङ्खध्वनी वादन प्रतियोगीता पनि सम्पन्न भएको छ । प्रतियोगीतामा ११ जना प्रतियोगीले भाग लिएका थिए । शंखध्वनि प्रतियोगितामा मिन दर्लामी प्रथम भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले