२५ श्रावण २०८३, सोमबार | August 10, 2026

प्रधानमन्त्री र उर्जा मन्त्रीको चाहना विपरित विद्युत महसुल नबुझाउने उद्योगीहरुको लाईन काटियो



काठमाडौं । प्रधानमन्त्री र उर्जा मन्त्रीको डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगीहरुको लाईन काट्न नहुने अडान विपरित नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले दिएको ९० दिनको समयसीमा उद्योगीहरु महसुल बुझाउन नआएपछि प्राधिकरणले आज महसुल नबुझाएका उद्योगको लाईन काटेको हो ।

प्राधिकरणले दिएको ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । प्राधिकरणले दिएको समयसीमा आज सकिएको छ ।

तोकिएको समयमा पनि महसुल नबुझाएको भन्दै प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको स्रोतले दाबी गरेको छ ।

महसुल असुली सम्बन्धमा आज बिहान प्राधिकरण सञ्चालक समितिको बसेको बैठकमा ठोस निश्कर्ष ननिस्केपछि प्राधिकरणले लाईन काटेको हो । बैठकमा ऊर्जामन्त्री दीपक खड्का आर्थिक मन्दीका बेला लाइन काट्न नहुने र काटेमा नराम्रो सन्देश जाने धारणा राखेका थिए ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूले महसुल बुझाउनुपर्ने पक्षमा रहेपनि प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री खड्का भने महसुल नतिर्ने उद्योगीको पक्षमा देखिएका छन् । प्रबन्ध निर्देशक घिसिङले विद्युत नकाट्नका लागि मन्त्रिपरिषदको निर्णय माग गरेपनि आज बसेको मन्त्रिपरिषदको बैठकले सो सम्बन्धमा छलफल भएपनि कुनै निर्णय नगरेको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : २६ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज