१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री र उर्जा मन्त्रीको चाहना विपरित विद्युत महसुल नबुझाउने उद्योगीहरुको लाईन काटियो



काठमाडौं । प्रधानमन्त्री र उर्जा मन्त्रीको डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगीहरुको लाईन काट्न नहुने अडान विपरित नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले दिएको ९० दिनको समयसीमा उद्योगीहरु महसुल बुझाउन नआएपछि प्राधिकरणले आज महसुल नबुझाएका उद्योगको लाईन काटेको हो ।

प्राधिकरणले दिएको ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । प्राधिकरणले दिएको समयसीमा आज सकिएको छ ।

तोकिएको समयमा पनि महसुल नबुझाएको भन्दै प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको स्रोतले दाबी गरेको छ ।

महसुल असुली सम्बन्धमा आज बिहान प्राधिकरण सञ्चालक समितिको बसेको बैठकमा ठोस निश्कर्ष ननिस्केपछि प्राधिकरणले लाईन काटेको हो । बैठकमा ऊर्जामन्त्री दीपक खड्का आर्थिक मन्दीका बेला लाइन काट्न नहुने र काटेमा नराम्रो सन्देश जाने धारणा राखेका थिए ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूले महसुल बुझाउनुपर्ने पक्षमा रहेपनि प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री खड्का भने महसुल नतिर्ने उद्योगीको पक्षमा देखिएका छन् । प्रबन्ध निर्देशक घिसिङले विद्युत नकाट्नका लागि मन्त्रिपरिषदको निर्णय माग गरेपनि आज बसेको मन्त्रिपरिषदको बैठकले सो सम्बन्धमा छलफल भएपनि कुनै निर्णय नगरेको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : २६ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर