२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पाल्पाको तिनाउ गाउपालिका दोभानमा सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता जारी



दोभान । पाल्पाको तिनाउ गाउपालिका २ मा रहेको दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत विहिबारदेखि दोस्रो चरणको खेल सुरु भएको छ । क्लबको खेल मैदान दोभान-२ मा जारी प्रतियोगितामा विहिबार ४ वटा खेल सम्पन्न भए ।

प्रतियोगिताका संयोजक सुनि श्रेष्ठका अनुसार शिवनगर युवा परिवार, न्यु ब्वइज एफसी तानसेन, नवजिवन एफसी र गुडमर्निङ एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन् । विहिबारको पहिलो खेलमा विनगरले बाँके एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको हो ।

दुबैतर्फबाट समान २ गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । उक्त खेलमा शिवनगरका जर्सि नम्बर १ शैलेंस ठकुरी म्यान अफदी म्याच घोषित भए । यसैगरी दोस्रो खेलमा न्यु ब्वाइजले खस्यौली एफसीलाई ३-३ गोल अन्तरले पराजित गरेको हो ।

उक्त खेलमा न्यु ब्वाइजमा जर्सि नम्बर ९ का शुसिल थापा म्यान अफ दी म्याच घोषित भए । यसैगरी तेस्रो खेलमा दमकडा ब्रोदर्शलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै समुहबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ दी म्याच नव जीवनका जर्सि नम्बर १ का विवेक क्षेत्री भए । विहिबारको अन्तिम खेलमा विजेता बनेको गुडमर्निङ एफसीले मनिमुकुन्द एफसीलाई ४-३ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा गुडमर्निङका जर्सि नम्बर १६ का रिम्बा सुनार भए ।

तिनाउ गाउँपालिकासहित विभिन्न सामाजिक तथा व्यवसायिक संघ संस्थाको आर्थिक सहयोगमा जारी प्रतियोगितामा २९ समुहको सहभागिता रहेको छ । उपाधिका लागि अन्तिम खेल यही कार्तिक १३ गते हुने आयोजकले जनाएको छ । समुह चरणको खेल अन्तरगत शुक्रबार पनि ४ वटा नै खेल हुने भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : २६ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ