१ चैत्र २०८२, आइतबार | March 15, 2026

टोखामा १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना



काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ ।

कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको शनिबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड–१९ का विरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए । उनले भने, “पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएका छन्, ती विरामीको उचित व्यवस्थापन तथा उपचारका लागि आइसोलेसन सेन्टर स्थापना गरेका हौँ ।”

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन सेन्टर स्थापना गर्ने भएपछि शुक्रबार एक सूचना जारी गरी अहिलेसम्म प्रदान गर्दै आएको सेवा भदौ ८ गतेदेखि वडा नं २ को परिसरमा रहेको आकस्मिक (इमर्जेन्सी) भवनबाट सञ्चालन गर्ने जानकारी गराएको थियो । यसअघि सो केन्द्रबाट विरामी जाँच, परिवार नियोजन, गर्भवती जाँच, क्षयरोग उपचार सेवा प्रदान गर्दै आएको थियो ।

केहीदिन अघि उपत्यकाका नगरपालिका प्रमुखको बैठकले उपत्यकामा पाँच हजार शय्या क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय अनुसार टोखा नगरपालिकाले पनि आइसोलेसन सेन्टर विस्तार गरेको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले अहिले १७ शय्या क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिएपनि आगामी दिनमा बिरामीको चापलाई हेरेर १०० शय्यासम्म पु¥याउने जानकारी दिए ।

यो नगरपालिकामा हालसम्म ९२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए । यस्तै नगरपालिकाले चाँडै नै अन्य वडामा समेत आइसोलेसन सेन्टर विस्तार गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ६ : ०९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र