१९ बैशाख २०८३, शनिबार | May 2, 2026

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण



जुम्ला । यहाँको तिला गाउँपालिका-१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

तिला-६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उनले भने, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।” अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला-९ का स्थानीयवासी खड्का रावतले बताए ।

पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला-९ का वडाध्यक्ष धनबहादुर रावतले बताए । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताए ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी, स-साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिकरूपमा विकट मानिन्छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ११ : २३ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने