२१ मंसिर २०८२, आइतबार | December 8, 2025

‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग



काठमाडौं । नेपाल उद्योग बाणिज्य सङ्घ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।

हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा सङ्घको गम्भीर रूपमा ध्यानाकर्षणसमेत भएको सङ्घले जनाएको छ । सङ्घद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पु¥याउनाका साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।”

उद्योगको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध हुँदा लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको र त्यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको सङ्घको भनाइ छ । “नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो, यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने सङ्घको विश्वास छ”, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ४२ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब