१ चैत्र २०८२, आइतबार | March 15, 2026

बनेपामा एकैदिन ३५ जनामा कोरोना संक्रमण



बनेपा । बनेपा नगरपालिका­–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा. झाले बताए ।

एकैदिन यतिधेरै सङ्ख्यामा सङ्क्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो ।

सो सङ्ख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  १ : ०० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र