११ असार २०८३, बिहिबार | June 25, 2026

नेपालगन्जमा नेपाल संवतको भब्य स्वागत (फोटोफिचर)



नेपालगन्ज । नेपालगन्जमा नेपाल संवत ११४५ लाई भब्यरुपमा स्वागत गरिएको छ । नेवाः पुच बाँकेको आयोजना र बाँकेमा क्रियाशिल पुचखलहरुको सहभागितामा नेपालगन्जमा नेपाल संवतको स्वागत गरिएको हो ।

नेपाल संवतको अवसरमा आयोजित मोटर साइकल र्यालीको प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री आदेश अग्रवालले शुभारम्भ गरे । स्थानीय गणेशमान चोकबाट आरम्भ भएको मोटरसाइकल र्यालीको शुभारम्भ गर्दै नेपालगन्जमा शंखधर साँख्वाको शालिक निर्माणका लागि प्रदेश सरकारबाट पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपालीहरुको आफ्नै पौरखको संवतलाई सबैले हृदय देखि स्वागत गर्नु पर्ने बताउँदै प्रदेश सरकारले नेपाल संवतको प्रवद्र्धन गर्न पछि नपर्ने बताए । उनले आफ्नो मन्त्रालयको जिम्मा शान्ति सुरक्षा कायम राख्नु रहेकाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराखिने बताए ।

उदघाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षणमा आफु सधैं सकारात्मक रहेको उल्लेख गर्दै नेृपाल संवतलाई सबैले अपनत्व दिनु पर्ने बताए । उनले उपमहानगरले नेपाल संवतको पहिचान कायम गर्न हरसम्भव काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नेवार समुदायको नयाँ पुस्ताले मातृ भाषा बोल्न छाड्दै गएको उल्लेख गर्दै भाषा संरक्षणका लागि सम्पूर्ण नेवार समुदाय जागरुक हुनुपर्ने सुझाव दिए । उनले नेपाल सरकारको निर्णय र गृहको निर्देशन अनुसार संघीय सरकारका सबै कागजातमा बिक्रम संवतसँगै नेपाल संवत लेखिने गरेको जानकारी दिए ।

कार्यक्रममा कांग्रेस बाँकेका अध्यक्ष नारायण गौडेल, राप्रपाको केन्द्रीय सदस्य ऋषि पोखरेल, नेवाः पत्रकार शरण कर्माचार्य लगायतले नेपाल संवत र यस्को महत्वका बारेमा प्रकाश पारेका थिए ।

पुचका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा भएको र्यालीले गणेमान चोक, ट्राफिक चोक, भेरी अस्पताल, सदरलाईन, गगनगन्ज, देवाफुलवारी, घरबारी टोल, न्युरोड, सेतुबिक चोक, धम्बोझी हुँदै राँझा स्थित भीमसेन मन्दिरमा पुगेर समापन भएको थियो । समापनका लागि राँझा पुगेका र्यालीमा सहभागीलाई भीमसेन गुठी राँझाको तर्फबाट अण्डा रक्सीको सुगुन सहित नेवारी दिवा भोज दिएको थियो । समापनमा नेवाः पुचका पार्षद पत्रकार पूर्णलालm चुकेले म्ह पूजा र नेपाल संवतका बारेमा प्रकाश पारेका थिए भने आदीबासी जनजातीका अध्यक्ष डम्बर थापालगायतले नेपाल संवतको अवसरमा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : ५३ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी