१४ असार २०८३, आइतबार | June 28, 2026

कास्कीमा निषेधाज्ञा नहटाउन नेपाली काँग्रेसको माग



पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै काँग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ ।

शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि आर्थिक अनियमिततामा लिप्त रहेको, विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको काँग्रेसले आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र सङ्कलित तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गर्दछौं ।’

निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई काँग्रेसले आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गर्दै काँगेसले कोरोना सङ्क्रमणका कारण उपचार गराइरहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  १ : ०८ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष