७ बैशाख २०८३, सोमबार | April 20, 2026

रुपन्देहीमा भाद्र १४ गते सम्म निषेधाज्ञा थप्न सिसिएमसिको सिफारिस, जिल्ला प्रशासनबाट सुचना जारी हुंदै



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भाद्र १ गतेबाट १ साताका लागि जारी गरेको निषेधाज्ञा १ साता लम्बिने भएको छ । जिल्ला स्तरिय कोभिड १९ क्राईसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि)को आईतबार प्रदेश ५ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले जिल्लामा १ साता निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेपछि रुपन्देहीमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी रहने भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सिसिएमसिको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र संक्रमण समुदाय स्तरमै फैलिएको ठहर गर्दै निधेषाज्ञा जारी राख्न सिफारिस गरेको हो।

सिसिएमसिको सिफारिसका आधारमा निषेधाज्ञाको अवधि थप्ने सुचना जारी गर्ने तयारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । पन्थका अनुसार जिल्लास्तरीय सिसिएमसिको बैठकको सो सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी गर्ने तयारी गरेको छ।

यस अघि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा आज राती १२ बजे समाप्त हुँदै थियो ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  २ : ३८ बजे

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन