१० माघ २०८२, शनिबार | January 24, 2026

अमेरिकी राष्ट्रपति चुनाव : पहिलो स्विङ राज्यको नतिजा ट्रम्पको पक्षमा



अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महत्वपूर्ण राज्य उत्तर क्यारोलिनामा जित हात पारेका छन् । यो पहिलो स्विङ राज्यको नजिता हो । जसका कारण उहाँलाई १६ इलेक्ट्रोरल मत प्राप्त भएको छ ।

यो जीतले आवश्यक २७० इलेक्ट्रोरल मतहरू सुरक्षित गर्ने बाटोमा ट्रम्पलाई अघि बढाएको छ ।

तर धेरैजसो अन्य स्विंग राज्यहरूमा नतिजा अझै आउन बाँकी छ । जसले गर्दा परिणाम कमला ह्यारिसको पक्षमा पनि जान सक्ने सम्भावना छ ।

विस्कन्सिन, पेन्सिल्भेनिया, र मिशिगन जस्ता राज्यहरुमा चुनाव जितेमा नतिजा बदलिन पनि सक्नेछ ।

उत्तर क्यारोलिनाको जित रिपब्लिकनका लागि ठूलो सफलता हो । ट्रम्पले उत्तर क्यारोलिनामा २०१६ र २०२० मा जितेका थिए । तर अन्तर भने घटिरहेको थियो ।

उत्तर क्यारोलिनामा अन्तिमपटक डेमोक्रेटिक उम्मेदवार बाराक ओबामाले सन २००८ मा चुनाव जितेका थिए । तर ओबामा २०१२ मा पुनःनिर्वाचनमा रिपब्लिकन उम्मेदवार मिट रोम्नीसँग पराजित भएका थिए।

अमेरिकामा लोकप्रिय नेपाली अनलाइन खसोखास बाट 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : २७ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको