८ चैत्र २०८२, आइतबार | March 22, 2026

सेफ्स एशोसिएशन अफ नेपालद्वारा ‘पैचो पसल’ सम्मानित



काठमाडौँ । पहाडी र उच्च पहाडी क्षेत्रमा मात्र उत्पादन हुने कृषि उपजलाई शहरसम्म पु-याइरहेको कम्पनी पैचो पसललाई सेफ्स एशोसिएशन अफ नेपालले सम्मान गरेको छ ।

सेफ्स एशोसिएशन अफ नेपालको २९ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैचो पसल सम्मानित भएको हो ।

नेपाली उत्पादन तारे होटल ग्राहकलाई पु¥याएको र सेफ्स एशोसियशनसंग नजिक भएर लामो समयदेखि सहकार्य गरेको भन्दै सम्मान गरेको हो ।

१० वर्षदेखि गुल्मीका किसानसँग सहकार्य गरेर अगाडि बढेको पैचोका उत्पादनहरु प्रति सेफ्सहरु समेत सन्तुष्ट देखिएका छन् । सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले पैचोले नेपाली स्वादका लागि पैचोको अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले पैचोको उत्पादन प्रयोगले स्वदेशी उद्योगलाई समेत सहयोग पुग्ने बताए । नेपाली कम्पनीलाई स्वागत तथा सम्मान गर्न पाउदाँ खुसी व्यक्त गरे ।

‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैचोको प्रसोधन केन्द्र रहेको छ । पैचो पसलले नेपाली तारे होटलदेखि रेष्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि विभिन्न स्वादका अचार, गुन्द्रक, कोदोको पिठो लगायतका उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ४९ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ