२५ श्रावण २०८३, सोमबार | August 10, 2026

आजको मौसम : केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना



काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : ३३ बजे

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह