१ पुस २०८२, मंगलबार | December 17, 2025

दाङको छिल्लीकोटमा जिपलाइन निर्माण पूरा



दाङ । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।
उनले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए। “निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै पूरा भयो”, उनले भने, “धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु प¥यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ ।”
दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ ।
उक्त जिपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब रु दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाइन निर्माण भएको छ । जस वापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई पाँच प्रतिशत दिने सम्झौता भएको छ ।
बीस वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उनको भनाइ छ । जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उनको भनाइ छ । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उनले बताए। साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उनले बताए । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ३४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष