२ पुस २०८२, बुधबार | December 17, 2025

अनाथका लागि सिमली मन्टेश्वरी स्कुल सञ्चालन गर्न कार्तिक २८ गते सांस्कृतिक कार्यक्रम हुने



बुटवल । मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुल बुटवल उपमहानगरपालिका वडा न-११ दुर्गानगरमा सञ्चालन गरिएको छ । अनाथ तथा गरिब परिवारका बालवालिकालाई निःशुल्क पढाउने उद्वेश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।

सोही स्कुल सञ्चालनका लागि आर्थिक संकलन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले जानकारी गराए ।

मन्टेश्वरी स्कुल सञ्चालनका लागि यही कार्तिक २८ गते सोही स्कुलको प्राङणमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अध्यक्ष अर्यालका अनुसार मितेरी इन्टरनेशनल सिमली गैरनाफामुखी संस्था हो । सामाजिक कल्याण परिषद्मा आवद्ध भएको संस्थाले विगतदेखि सामाजिक र समसामयिक बिषयमा कार्यक्रम गर्दै आएको छ ।

शिक्षा क्षेत्रमा लगानी गरेर अनाथ तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने उद्देश्यले स्कुल खोलिएको र स्कुललाई स्तरउन्नती गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताए । स्व. लिला अर्यालको नाममा स्कुल स्थापना गरिएको र अहिले पढ्दै गरेका २५ जना विद्यार्थी शिक्षासहित पोशाकसमेत निःशुल्क उपलब्ध गराईएको छ ।

विशुद्ध गेैरनाफामुखी संस्था खोलेर अनाथ सँगेै अन्य आर्थिक स्थिति राम्रो भएका परिवारका बालबालिकालाई न्यून शुल्कमा अध्ययन गराइने अध्यक्ष अर्यालले बताए । शिक्षालाई व्यापार बनाइएकाले विपन्न परिवार र अनाथ बालबालिकाहरु शिक्षाबाट बञ्चित भएकाले संविधानले दिएको अधिकारलाई उपयोग गरेर मण्टेश्वरी स्कुल सञ्चालन गरिएको मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलकी प्रिन्सिपल मधु महतराले बताइन।

यही कार्तिक २८ गते दिउँसो २ बजेदेखि शुरु हुने सांस्कृतिक कार्यक्रम खुल्ला हुने र टिकट नलाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

सांस्कृतिक कार्यक्रमबाट १० लाख आर्थिक संकलन गर्ने आयोजकहरुको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : २९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि