१ पुस २०८२, मंगलबार | December 16, 2025

जाडो छल्न आगन्तुक चरा चितवनमा



चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उनले भने, “अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।”

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उनले बताए। नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उहाँको भनाइ छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उनको भनाइ छ । संयोजक विडारीले भने, “अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।

अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उनले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : ३८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा