२० मंसिर २०८२, शनिबार | December 6, 2025

साइबर अपराधको आरोपमा एक महिला पक्राउ



काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब महानिरीक्षक अर्यालले बताए । पक्राउ परेकी निज बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको केन्द्रीय साइबर ब्यूरो काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : १२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय