१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोनाको बाछिटाले नराम्ररी थलिएका यी १० देश; तर अचम्म ! जहाँ यौटा पनि संक्रमण रेकर्ड छैन



कोरोना भाइरसको महामारीले यी १० देशलाई छोडेर विश्वको लगभग सबै देशमा आफ्नो असर देखाएको छ । तर, के यी १० देश पनि वास्तवमै कोभिड १९ को असरबाट मुक्त छन् त ? यी देशले अहिले के गर्दैछन् ?

सन् १९८२ मा खुलेको द पलाऊ होटल उस जमानामा निकै ठूलो उपलब्धी थियो । यो होटलको निकै ठूलो नाम थियो । त्यसताका अन्य कुनै होटल नै थिएनन् । त्यतिबेलादेखि प्रशान्त महासागरले घेरिएको यो सानो देश पलाऊले पर्यटनमा अभूतपूर्व प्रगति गरेको छ ।

सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए । अर्थात देशको कुल जनसंख्याको पाँच गुणा बढी ।

सन् २०१७ मा आईएमएफको तथ्यांकअनुसार पलाऊको जीडीपीको ४० प्रतिशत हिस्सा पर्यटनबाटै प्राप्त हुन्छ ।

तर, यी सबै कोभिड पहिलाका कुरा भए ।

पलाऊको सीमा मार्चको अन्तिम दिनदेखि बन्द छ । यद्यपी, पलाऊ विश्वका ती १० देशको सूचिमा (उत्तर कोरिया र तुर्केमिनिस्तान छोडेर) जहाँ कोरोना संक्रमणको आधिकारिक रुपबाट कुनै पनि केस रेकर्ड गरिएको छैन ।


————————————————————-

तर कुनै पनि मानिसलाई संक्रमण नगरी कोरोना भाइरसले यस देशलाई कमजोर बनाइदिएको छ । कसरी ?

द पलाऊ होटल मार्चदेखि बन्द छ । अब यो होटल मात्रै एक्लो छैन, यहाँका कैयौं रेष्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटकहरुले सामान खरिद गर्थे, ती पनि बन्द छन् । ती होटल मात्रै खुला छन्, जहाँ विदेशबाट ल्याइएका नागरिकलाई राख्नको लागि क्वारेन्टिन बनाइएको छ ।

द पलाऊ होटलका प्रबन्धक ब्रायन ली भन्छन्, ‘यहाँको समुद्र विश्वकै अन्य स्थानको भन्दा अधिक सुन्दर छ ।’ उनका अनुसार आकाशको रंगको नीलो समुद्र नै हो जसले पलाउलाई निरन्तर व्यस्त बनाउँछ । कोभिडभन्दा पहिला उनको होटलका ५४ वटा कोठामध्ये ७०–८० प्रतिशत कोठा बुक भैरहन्थ्यो । तर सीमा बन्द भएपछि उनीसँग अहिले केही काम बाँकी छैन ।

ब्रायन भन्छन्, ‘यो एक सानो देश हा त्यसैले स्थानीय जनता त पलाउ होटलमा आएर बस्न सक्दैनन् नि ।’

उनको टीममा लगभग २० कर्मचारी छन् । उनीहरुलाई अहिलेसम्म काममै राखिएको छ । यद्यपी, उनीहरुको काम गर्ने समय भने घटाइएको छ ।

ब्रायन भन्छन्, म उनीहरुका लागि कामको खोजीमा छु । जस्तो कि होटलको सरसफाई, कुनै भागको जिर्णोद्वार या अन्य कुनै काम ।’ तर खाली होटलमा सरसफाई र जिर्णोद्वारको काम पनि सधैंभर त हुँदैन नी । ब्रायन भन्छन्, ‘म यसैगरी अर्को ६ महिना चल्न सक्छु, तर अन्तमा मैले होटलमा तालाचावी लगाउनुको कुनै विकल्प छैन ।’

ब्रायन यो परिस्थितिका लागि सरकारलाई दोष दिने पक्षमा छैनन् । जसले पलाऊबासीका लागि आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ । जुन सरकारले देशलाई कोरोना वायरस महामारीबाट सफलतापूर्वक देशबाहिर राखेको छ ।

उनी भन्छन्, ‘सरकारले आफ्नो स्तरअनुसार राम्रो काम गरेको छ ।’ तर, पलाऊका सबै पुरानो एवं चल्तिका होटलको यस्तो हालत छ भने छिटै नै केही बदलावको त आवश्यकता देखिन्छ  ।

पलाऊका राष्ट्रपतिले हालै एक घोषणा गरेका छन् –आवश्यक हवाई यात्रा १ सेप्टेम्बरदेखि फेरि सुरु गर्न सकिन्छ । यसबीच हल्ला यो पनि सुनिँदैछ कि ताइवानसँग पलाऊको एयर कोरिडोर बनाउने कुरा पनि भैरहेको छ । जसले पर्यटकलाई फेरि देशमा आउने अनुमति मिल्नेछ । तर, ब्रायनलाई यस्तो लाग्दैन । यति चाँडै पर्यटन व्यवसाय फर्किएला भनेर उनी विश्वस्त छैनन् ।

उनी भन्छन्, ‘सरकारले व्यवसाय त फेरि खोल्नुपर्छ नै । सायद न्यूजिल्याण्ड या त्यस्तै अन्य देशका साथ पर्यटकका लागि ‘एयर–बबल’ सुरु गर्न मद्दत मिलोस । अन्यथा यहाँ कुनै पनि कामधन्धा गर्न वच्ने पनि छैनन् ।’

पलाऊबाट पूर्व दिशामा करिब ४ हजार किलोमिटर दूरीमा विशाल प्रशान्त महासागरपारी मार्शल द्वीप रहेको छ । जो अहिलेसम्म कोरोना मुक्त छ । तर, पलाऊ जस्तै कोरोना संक्रमण नहुनुको मतलव यो होइन कि यहाँ कुनै प्रभाव परेको छैन ।

यहाँ होटल रोवर्ट रिमर्स नामको एक नामी होटल छ । यसको लोकेशन सानदार छ । कोरोना भन्दा पहिला यस होटलका ३७ कोठामा करिब ७५–८८ प्रतिशत कोठा सधैंभर प्याक भैरहन्थे । यहाँ मुख्य गरी एशिया र अमेरिकाका पर्यटकहरु पुग्ने गर्छन् ।

तर, कोरोना महामारीका कारण देशहरुका सीमा बन्द हुनथाले होटलमा जम्माजम्मी ३–५ प्रतिशत काम मात्र बचेको छ ।

यस होटल समुहका लागि काम गर्ने सोफिया फाउलर भन्छिन्, ‘हामीसँग बाहिरी द्वीपबाट आउने संख्या पहिला नै सीमित थियो । तर लकडाउनले सबै बर्बाद गर्यो । ’

राष्ट्रिय स्तरमा मार्शल द्वीप समूहमा कोभिड १९ का कारण सात सय भन्दा बढी रोजगारी गुम्ने अनुमान छ । जो सन् १९९७ पछिको सबैभन्दा ठूलो गिरावट हो । यसमा २५८ रोजगारी होटल एवं रेष्टुरेन्ट क्षेत्रमा गुम्ने अपेक्षा गरिएको छ ।

तर मार्शल द्वीप समुहलाई ‘सेल्फ आइसोलेशन’ ले पर्यटन भन्दा धेरै प्रभावित गरेको छ । किनकी पलाऊको तुलनामा मार्शल द्वीपको पर्यटनमाथि निर्भरता कम छ । यहाँको धेरै समस्या हो माछा उद्योग बन्द हुनु ।

देशलाई कोभिड मुक्त राख्नका लागि संक्रमित देशबाट आउने पानीजहाजलाई मार्शल द्वीपका बन्दरगाहमा प्रवेश निषेध गरिएको छ ।

इन्धनका ट्यांकर र कन्टेनर जहाजसहित अन्य बढी डुंगालाई बन्दरगाह प्रवेश अघि नै १४ दिनको सामुद्रिक क्वारेन्टिनमा रहन निर्देशन दिइएको छ । माछा मार्ने लाइसेन्सलाई रद्द गरिएको छ र कार्गो उडानमा पनि कटौती गरिएको छ ।

संक्षिप्तमा भन्दा तपाईंले भाइरसलाई देशभन्दा बाहिर राख्न सक्नुहुन्छ । तर, तपाईंले त्यसलाई पराजित गर्न सक्नुहुन्न । कोभिड-१९ ले तपाईंलाई एक हैन कैयौं कोणबाट प्रभावित बनाउन सक्छ ।

यद्यपी, सोफियालाई विश्वास छ कि अवस्था छिट्टै सुधार हुनेछ ।

कोभिड-१९ का कारण सीमा बन्द हुँदा केही देश त वास्तवमै गरिब भएका छन् । तर, कोही पनि चाहँदैन कि तत्कालै सीमा फेरि खुलोस भनेर ।

डाक्टर लेन टारिन्वोडा भानुआतुमा सार्वजनिक स्वास्थ्य विभागका निर्देशक छन् । उनी तीनलाख जनसंख्या भएको राजधानी पोर्टभिलामा काम गर्छन् । उनी आफुस्वयं अम्बाबासी हुन् जहाँको जनसंख्या १० हजार रहेको छ ।

उनी भन्छन्, यदि तपाईं अम्बाबासीसँग कुरा गर्नुहुन्छ भने उनीहरु देशको सीमा बन्द गर्नुपर्ने बताउँछन् । उनीहरुको बुझाई यो छ कि महामारी समाप्त नभएसम्म सीमा बन्द राख्नुपर्छ । किनकी महामारीको भय अत्याधिक छ । यसको सामाना उनीहरु गर्न चाहँदैनन् ।’

डाक्टर लेन टारिन्वोडाका अनुसार, भानुआतुको लगभग लगभग ८० प्रतिशत मानिस शहर एवं औपचारिक अर्थव्यवस्था भन्दा बाहिर छन् ।

टारिन्वोडाका अनुसार, ‘उनीहरूलाई बन्दाबन्दीले फरक पार्दैन । उनीहरु किसान हुन जसले आफुनो खाना आफै तयार गर्छन् । उनीहरु स्थानीय, पारम्परिक अर्थव्यवस्थामा निर्भर छन् ।’

फेरि पनि देशलाई नोक्सानबाट बचाउन भने मुस्किल छ । एशियाली विकास बैंक (एडीबी)को अनुमान छ कि भानुआतुको जीडीपी लगभग १० प्रतिशतको गिरावट हुनेदेखिन्छ जो १९८० मा स्वतन्त्रतापछि भानुआतुको सबैभन्दा तल्लोस्तरको गिरावट हुनेछ । अनुमान गरिएको छ कि यहाँ लामो समयसम्म कोभिडको प्रभाव रहने छ ।

गत जुलाईमा भानुआतु सरकारले १ सेप्टेम्बरबाट केही सुरक्षित देशका लागि आफ्नो देशको सीमा खुला गर्ने योजना बनाएको थियो । तर, अष्ट्रेलिया र न्यूजिल्याण्डमा फेरि देखिएको कोरोना केसका कारण सीमा खोल्ने योजना रद्द गरिएको छ ।

डाक्टर टारिन्वोडाका भन्छन् कि देशबासीको समस्या र सीमा खोल्ने आवश्यकताका बाबजुद कसैले हतार गर्नेवाला छैन । उनी पपुआ न्यू गिनीको उदाहरण दिँदै भन्छन् ‘त्यहाँ जुलाईको अन्तसम्म कुनै केस थिएन । तर उनीहरुले सीमा खोल्ने हतारो गरे । त्यसैले अहिले त्यहाँ संक्रमण आगोसरि फैलिएको छ । यसकारण भानुआतुमा हामी चिन्तित छौं ।’

के त्यस्तो छ जो कोभिड फ्रि देशले गर्न सक्छन् ?

अल्पकालिन उपाय यो हुनसक्छ कि श्रमिक एवं व्यापार गर्नेहरुलाई केही आर्थिक मद्दत गर्नसकिन्छ । एकमात्र दीर्घकालिक उपाय त कोरोनाको खोपकै प्रतिक्षा मात्रै हो ।

त्यतिबेलासम्म यात्रुलाई यहाँ ल्याउनका लागि ‘एयर बबल’कै आशा गर्न सकिन्छ । तर यो सुन्दा जति सहज लाग्छ लागु गर्न त्यति नै कठिन छ ।

जस्तो कि भानुआतुमा सेप्टेम्बर प्लानलाई आशाका साथ हेरिएको थियो –एयर बबलसँग जोडिएको योजना सहजै फुट्न पनि सक्थ्यो । किनकी, अष्ट्रेलिया र न्यूजिल्याण्डले अब यो स्पष्ट देखाएका छ कि एयर–बबल योजना लागु गर्न पहिले एकआपसमा प्रयास गरिनेछ ।

लवी इन्स्टिच्यूटमा प्यासिफिक आइल्याण्ड प्रोग्रामका निर्देशक जोनाथन प्रिकेका अनुसार, अन्तराष्ट्रिय स्तरमा यी देशहरुमा सेल्फ आइसोलेसनका अलवा अन्य विकल्प केही देखिँदैन ।

उनी भन्छन्, ‘यदि ती देशले आफ्नो सीमा खुला राखेको भएपनि पर्यटनको दृष्टिकोणले महत्वपूणै अष्ट्रेलिया र न्यूजिल्याण्डले आफ्नो सीमा खोल्दैनथे । किनकी यी दुई देशले त सीमा बन्द गरिसकेका थिए ।’

यसैले निश्चित रुपमा यो दोहोरो मार हो । संक्रमण र बिरामी त बढेका छन् नै, साथसाथमा आर्थिक संकट नि बढिरहेको छ । यसको सही जवाफ खोज्न बर्षौ लाग्नसक्छ कि कोरोनाकालमा कसले सही फैसला लियो कसले गलत ।

तर, पछि फर्केर हेरेमा प्रशान्त महासागरमा रहेका यी ससाना देशले आफ्नो सीमा बन्द राख्ने निर्णयलाई सायदै कसैले गलत भन्न सक्नेछ ।

-बीबीसी

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ५७ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको