५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।

आज बैंकिङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बीमा समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ ।

त्यस्तै, विकास बैंक शून्य दशमलव ६२, जलविद्युत् शून्य दशमलव ८५, लगानी शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव २१, लघुवित्त एक दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४५ करोड १७ लाख १० हजार तीन सय ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार तीन सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : २८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं