३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु



तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र सुरु गरिएकोे छ ।

आयोजनाका अनुसार चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक कालोपत्र गरी दोस्रो चरणको कालोपत्र गर्न थालिएको हो । पहिलोे चरणमा ६ सेन्टिमिटर मोेटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुने आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए। “दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,” उनले भने, “यसअघि चाडपर्व र वर्षाका कारण सोचे अनुरुपको काम गर्न नसकिएकोे हुँदा अब निर्माण कार्यले गति लिनेगरी काम हुन्छ ।”

पूर्वी सडकमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । यस सडकमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ । पृथ्वी राजमार्गको पूर्वी खण्ड आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरे पनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : १४ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा