१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखाङ्कन स्वीकृत



तनहुँ । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखराको पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखाङ्कन स्वीकृत भएको हो ।

सरकारले मुग्लिन–पोखरा सडकअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा त्रिशूली नदीको पारिपट्टी समानान्तर नयाँ सडक खोल्ने स्वीकृति दिएको आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए । “मुग्लिनबाट आँबुखैरेनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सडक बन्ने भएको हो । मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनारमा गोर्खातर्फ सडकको रेखाङ्कन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ”, उनले भने ।

मुग्लिन बजारको पारिपट्टी गोर्खातर्फका त्रिशूली किनारबाट मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टीसम्म नयाँ सडकको रेखाङ्कन गरी उक्त सडकको केन्द्ररेखाबाट दायाँबायाँ दुवैतिर १५–१५ मिटरका लागि सडकको सीमा तोक्ने निर्णय गरिएको छ”, निर्देशक ढकालले भने । मुग्लिन र मस्र्याङ्दी विद्युत् गृह कटेसँगै पुल निर्माण हुने उनको भनाइ छ ।

अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मस्र्याङ्दी र त्रिशूली नदीमाथि दुई वटा पुल निर्माण गर्न लागिएको उनले बताए । “मुग्लिन–आँबुखैरेनी सडकखण्डअन्तर्गत कूल नौ दशमलव ३८४ किलोमिटरमध्ये मर्स्याङ्दी नदी पारि चार दशमलव ४५६ किमी नयाँ सडक निर्माण हुनेछ”, ढकालले भने ।, “सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पूरा गरिसकिएको छ । यो आयोजनाको सुरुवात मुग्लिनस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।”

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा गोर्खातर्फ करिब पाँच किमी सडक निर्माण हुनेछ । मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन् । “यो मुग्लिन–पोखरा सडकखण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ”, निर्देशक ढकालले भने ।

आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइनेछ । मर्स्याङ्दी पारि भने दुई लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ । त्रिशूली नदी र मर्स्याङ्दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिए ।

यो आयोजनाले गोर्खाको सहिदलखन गाउँपालिकालाई पनि छुनेछ । निर्देशक ढकालका अनुसार आयोजनाको कूल लागत रु तीन अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ । पृथ्वीराजमार्गमा रहेको मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मर्स्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ ।

साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ । यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

मुग्लिनमा त्रिशूली नदीमाथि १२० मिटर लामो पुल र मर्स्याङ्दी नदीमाथि १२५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ । सरकारले विसं २०७५ मर्स्याङ्दी नदीको बायाँ किनारमा दुई लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : १९ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी