११ भदौ २०८३, बिहिबार | August 27, 2026

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई



काठमाडौं । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गरेका हुन् ।

विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप प्रदान गरिन्छ । प्रशंसापत्रले प्राप्तकर्ताहरूको गतिविधिबारे जापानी जनतामा बुझाई र समर्थन बढाउन पनि योगदान पुग्ने दूतावासले जनाएको छ ।

विभाग प्रमुख कामिमुरालाई जापानी भाषा, संस्कृति, जापान र नेपालबीचको आपसी समझदारी तथा मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनमा उहाँको महत्त्वपूर्ण योगदानको कदर गर्दै गत अगष्ट ८ मा यो प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको थियो । उनी काठमाडौँमा रहेको जापानी सहायक विद्यालयको व्यवस्थापन समितिको सदस्यको रूपमा पनि कार्यरत थिए । जसले नेपालमा रहेका जापानी बालबालिकाका लागि शैक्षिक वातावरण सुधार गर्न योगदान पुर्याएको छ ।

विभाग प्रमुखको रूपमा कामिमुराले सन् २००४ देखि आधारभूतदेखि उच्च तहसम्मका विद्यार्थीहरूलाई जापानी भाषा पढाउँदै आएका छन् । उनले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यमा पनि अध्यापन गरेका छन् ।

त्यस अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रमाणका रूपमा कामिमुरालाई विदेशमन्त्रीको प्रशंसापत्र प्राप्त भएकामा बधाइ दिए । साथै उनले नेपालमा जापानी भाषाको प्रवर्द्धनमा कामिमुराले अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ०० बजे

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको