११ श्रावण २०८३, सोमबार | July 27, 2026

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारी अन्तरगत शनिबार विद्यार्थी संगठनहरुसँग छलफल गरेको छ । महोत्सवमा स्वयम्सेवक परिचालन, सुरक्षा व्यवस्था तथा अतिथि सत्कारका लागि आवश्यक तयारी स्वरुपमा छलफल सम्पन्न गरिएको हो ।

रुपन्देहीका विभिन्न क्याम्पसहरुमा रहेका मगर विद्यार्थी संघ सम्बद्ध विद्यार्थी प्रतिनिधिहरु सहभागी छलफलमा बोल्दै नेपाल मगर महिला संघ केन्द्रीय सचिव तथा महोत्सव आयोजक समिति सल्लाहकार चन्दा थापाले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि युवा विद्यार्थीहरुको साथ महत्वपूर्ण रहने उल्लेख गरिन् । युवा विद्यार्थी तथा नयाँ पुस्तका लागि महोत्सव एक अवसर पनि भएको बताउँदै उनले सबैको सक्रिय सहभागिताका लागि जोड दिइन् । मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले आफ्नो इतिहास, धर्म, सँस्कृति र पहिचान बारे युवा विद्यार्थीले जानर बन्नु पर्ने बताउँदै उनले राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा सशक्त बन्नका लागि एक ठाउँमा उभिन आग्रह गरिन् ।

बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोसत्वका लागि रुपन्देहीका विभिन्न कलेजहरुबाट प्रतिनिधित्व गर्दै ३० जना युवा विद्यार्थी स्वयम्सेवकका रुपमा खटिने आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । महोत्सवको प्रचार–प्रसारका लागि विद्यार्थी संगठनहले रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरुमा पुगेर १० हजार बढी हाते प्रचा वितरण गर्नुका साथै कार्यक्रम बारे जानकारी गराउने भएका छन् । नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष राजेश सिंजालीको संयोजकत्वमा गठित स्वमय्–सेवक समितिले आइतबारदेखि प्रचार–प्रसारको कामलाई तिब्रता दिने उनले बताए ।

दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन, विभिन्न विषयका कार्यपत्र प्रस्तुत तथा श्रष्टाहरुलाई सम्मान गरिने महोसत्व मुल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।

महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी हुने उनले जानकारी दिइन् । यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने थापाले जानकारी दिइन् ।

देशभरका मगर साहित्यकार, कलाकार तथा फरक(फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने महोत्सवमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : ३९ बजे

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने