३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : २९ बजे

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र आज पनि अनिच्छुक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद बैठकमा सहभागी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

पोखरा । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल