२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्री पोखरेलको जिल्लाका प्रजिअहरुसँग भर्चुअल संबाद



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुलिएको विबाद साम्य पार्ने उद्देश्यले गठीत कार्यदलको प्रतिबेदन दुई अध्यक्षलाई बुझाएर प्रदेश राजधानी फर्के लगत्तै उनले प्रमुख जिल्ला अधिकारीहरुसँग भिडियो सम्बाद गरेका हुन् ।

१२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्री पोखरेललाई जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे प्रसतबेदन प्रस्तुत गरेका थिए ।

एकीकृत भिडियो संवादमा मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाएका छन् । केसीका अनुसार मुख्यमन्त्रीले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए ।

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।
उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गरेका थिए । उनीहरुले तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे मुख्यमन्त्रीलाई जानकारी गराएको प्रेस सल्लाहकार केसीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : ३६ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा