१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र



काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की घर भएकी सीता कार्की (नाम परिवर्तन) । श्रीमानले गरेको मानसिक र शारीरिक यातनाको पीडा बोकेर न्याय पाउने आशामा आयोग आइपुगेकी उनको पीडा सुन्ने परामर्शदाता कोही थिएनन् ।

आयोगको गेटमा नाम दर्ता गर्ने र कोठा नम्बर ३०२ मा निवेदन दर्ता गर्नेबाहेक अरु परामर्शतादाता नहुँदा उनी निरासै घर फर्किन् । आजदेखि सुरु भएको १६ दिने लैङ्गिकहिंसा विरुद्धको अभियान मनाउन आयोगका सबै कर्मचारी र पदाधिकारी बिहानैदेखि (याली गर्न र होटलमा अन्तरक्रियामा व्यस्त भए । तर, आयोगको कार्यालय आएका पीडितहरु भने गुनासो सम्म नसुनाइ फर्किए ।

सुरुमा प्रहरी कार्यालयमा पुग्नुपर्ने भएपनि कार्कीले आयोगमा केही सुझाव लिन आएकी थिइन् । बिहे गरेको २० वर्षदेखि सम्बन्ध विच्छेदको दबाब दिएको र घर छोडेर जा भन्दै धम्की दिने गरेको उनले बताइन् । उनको छोराले नै महिला आयोगमा गएर कानुनी परामर्श लिन सझुाव दिएपछि आयोग आउँदा कोही आधिकारिक व्यक्ति नभेटिएको गुनासो गरिन् । “लैङ्गिकहिंसा विरुद्धको अभियान चलेको छ भन्छन्, म आयोग आएँ सम्बन्धित व्यक्ति नभेट्दा दुःख लाग्यो”, उनले भनिन् ।

१६ दिने अभियान सुरु भएको दिन नै बेलुका ४ बजेसम्म पाँच जना पीडित आयोगमा आएका थिए । कानुनी परामर्शदाता पाँच जना नै तोकिएका छन् । कार्यालयमा सामान्य कर्मचारीबाहेक सबै होटल केन्द्रित कार्यक्रममा व्यस्त थिए ।

दोलखाका दानबहादुर तामाङले आफू विरुद्धको उजुरी थाहा पाएपछि बुझ्नका लागि आयोग आएका थिए । दोलखाबाट उजुरी बुझ्न आएका उनी आज आयोगमा नाम दर्ता गरेर मात्रै फर्किए । “उहाँदेखि आएँ आयोगमा सम्बन्धित व्यक्ति कोही भेटिएन”, उनले भने, “कार्यालय नै रित्तो बनाएर हिँड्नेहरु संस्थाप्रति गैरजिम्मेवार व्यक्ति रहेछन भन्ने बुझेँ ।”

गोठाटार घर भएकी अर्की पीडित झुमाकुमारी खत्री (नाम परिवर्तन) पनि श्रीमान्बाट पीडित भएको बताउँदै घरेलु हिंसाको निवेदन लिएर आयोगमा दर्ता गर्न आएकी थिइन् । उनी न्यायका लागि आयोगमा परामर्श पाउने आशामा धाइरहेकी छिन् । मुद्दाका कागजातसहित उनी आयोगको कार्यालय आइपुगेकी थिइन् । त्यहाँ आधिकारीक व्यक्ति नभएपछि कागज बोकेर घरै फर्किइन् । एक वर्षदेखि घरेलु हिंसा र दाइजोको पीडा लिएर श्रीमान र परिवार विरुद्ध उजुरी दिएकी कोटेश्वरकी रिना दाहाल पनि आयोगमा महिनौँदेखि धाइरहेकी छन् । पीडकले प्रहरी समक्ष उपस्थित हुन आनाकानी गरेपछि उनी आयोगको सहयोगको अपेक्षामा छिन् । हरेक दिन उनी आयोगमा हारगुहार गर्छिन् । लैंङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा दाहालले प्रहरी कार्यालय देखि आयोग सम्म सङ्घर्ष गरिरहेकी छन् । उनी भन्छिन्, “न्याय नपाएसम्म जुनसुकै अभियान चले पनि पीडितलाई केही अर्थ हुन्न ।”

आयोगकी सचिव पार्वती अर्यालले पीडितको सेवा प्रभावित गर्ने गरी कार्यक्रम नगरिएको दाबी गरिन् । उनले कार्यालयमा पालैपालो गरेर उच्च अधिकारीका व्यक्ति आउने जाने भइरहेको र दुई जनामध्ये एक जना मनोपरामर्शदाता कार्यालयमै सेवारत रहेको बताइन् । “हामीले कर्मचारीलाई आलोपालो गरेर राखेका छौँ”, उनले भनिन्, “पीडित प्रभावित नहुन् भनेरै आलोपालो गरेका हौँ ।”

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् । रासस

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ४२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ