७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न



काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट– २०२४’ सम्पन्न भएको छ । सोमबार र मंगलबार थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा करिअर फेस्ट सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरुमात्रै नभई स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । सहभागी कम्पनीहरुले १ हजार ७०० भन्दा बढी विधार्थीहरुसँग ‘जब इन्टरभ्यू’ लिएका थिए । उनीहरुमध्ये १ हजार १४० जना विद्यार्थी बिभिन्न ७४ वटा कलेजका विद्यार्थीहरु रहेका थिए ।

कार्यक्रमको औपचारिक सुरुवात ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले ले स्वागत मन्तब्य राख्दै गरेका थिए । त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुलाई बिभिन्न सेसनहरुमार्फ व्यावहारिक जानकारी समेत प्रदान गरेका थिए ।

यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणाहरु राखेका थिए । आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करियर निर्माणको लागि व्यावहारिक सुझावहरू प्रदान गरेका छन् ।

कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्धन गर्ने’ शीर्षकमा आफ्ना भनाईहरु राखेका थिए । सुवेदीले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपायहरु समेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ११ बजे

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले