१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीको रोहिणीमा अर्गानिक मल उत्पादन सुरु, भारतीय बजारमा समेत माग बढ्दो



बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ । कृषि उत्पादनका लागि ठूलो समस्याका रुपमा रहेको मल अभावलाई कम गर्ने उद्देश्यसहित रूपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्गानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।

रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ । हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादिन मलखादले केही हदसम्म भए पनि सम्बोधन र्ने उद्योगी अग्रवालको भनाई छ ।

माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटाशियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याएएको उनले बताए । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको बताउँदै अग्रवालले सरकारबाट बिक्रि वितरण अनुमति पाएपछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको जानकारी दिए ।

परीक्षणबाट ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी व्यवसायिक रुपमा अंगाडि बढ्यौ ।’-उनले भने, ‘मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको छ । देशमा मलको हाहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेक छौं ।’ उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ ।’- अग्रवालले भने । उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षणपछिमात्र बजारमा पठाउने गरिएको अग्रवालले बताए ।

ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले कोभिडको महामारीको समयमा मल अभाव हुँदा गुणस्तरहिन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताईन । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताईन । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ ।’-उनले भनिन्, ‘माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय छ ।’

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको बताउँदै उनले हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उल्लेख गरिन् । गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा पाएको बताईन । यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले बताईन । हाल उद्योगमा ४० जना स्थानीय युवाहरुले रोजगार पाएका छन ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  २ : ५५ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद