२ चैत्र २०८२, सोमबार | March 17, 2026

रुपन्देहीको रोहिणीमा अर्गानिक मल उत्पादन सुरु, भारतीय बजारमा समेत माग बढ्दो



बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ । कृषि उत्पादनका लागि ठूलो समस्याका रुपमा रहेको मल अभावलाई कम गर्ने उद्देश्यसहित रूपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्गानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।

रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ । हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादिन मलखादले केही हदसम्म भए पनि सम्बोधन र्ने उद्योगी अग्रवालको भनाई छ ।

माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटाशियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याएएको उनले बताए । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको बताउँदै अग्रवालले सरकारबाट बिक्रि वितरण अनुमति पाएपछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको जानकारी दिए ।

परीक्षणबाट ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी व्यवसायिक रुपमा अंगाडि बढ्यौ ।’-उनले भने, ‘मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको छ । देशमा मलको हाहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेक छौं ।’ उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ ।’- अग्रवालले भने । उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षणपछिमात्र बजारमा पठाउने गरिएको अग्रवालले बताए ।

ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले कोभिडको महामारीको समयमा मल अभाव हुँदा गुणस्तरहिन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताईन । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताईन । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ ।’-उनले भनिन्, ‘माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय छ ।’

नेपालसँगै भारतमा समेत निर्यात हुन थालेको बताउँदै उनले हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उल्लेख गरिन् । गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा पाएको बताईन । यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले बताईन । हाल उद्योगमा ४० जना स्थानीय युवाहरुले रोजगार पाएका छन ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  २ : ५५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित