६ श्रावण २०८३, बुधबार | July 22, 2026

२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक, चितवन मेडिकल कलेजको ५ सय शय्या



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेकामध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शय्या क्षमता छ । त्यसैगरी चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको सङ्ख्या तीन छ । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल–पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि,(नेपालगञ्ज मेडिकल कलेज)बाँके, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेजलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए÷नभएको अनुमगनको तयारी गरिरहेको छ । क्षमताभन्दा बढी शय्या सञ्चालन भए÷नभएको तथा बढी क्षमताबारे प्रचार भए÷नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : ४८ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक