१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नेपालमा १ हजार जनामा सिनोभ्याक कम्पनीको ‘कोरोना खोप’ परीक्षण प्रस्ताव; चीनमा जुलाईदेखि नै खोप प्रयोगमा



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि यतिबेला विश्वका ठूला शक्तिशाली मुलुकहरुले अर्बौं डलर खर्च गरिरहेका छन् ।

यो खोप उत्पादनका लागि चीन, अमेरिका, बेलायत, रुस, भारत लगायतका दर्जनौं कम्पनीहरु २४सै घण्टा खटिरहेका छन् ।

रुसले त आफुले कोरोना भाइरस विरुद्ध तयार पारेको स्पुतनिक ५ नामक खोपलाई उत्पादनका लागि लाइसेन्स अनुमति समेत दिएको घोषणा गरेको छ । यद्यपी, रुसी खोपले तेस्रो चरण पुरा गर्यो या गरेको छैन भन्नेबारे अझै पनि अन्यौल कायमै छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर चीन, अमेरिका, बेलायतका वैज्ञानिकहरुले अहिले खोपलाई अन्तिम चरणको क्लिनिकल ट्रायलमा पुर्याएका छन् ।

चीन र वेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेका खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल विश्वका धेरै देशमा सुरु हुन थालिसकेको छ ।

नेपालले पनि चीन, बेलायत र रुसको खोपको ट्रायलमा भाग लिने निर्णय गरेको छ । चिनिया कम्पनीले तयार पारेको खोपको ट्रायलका लागि नेपाल सहभागी हुन प्रक्रिया अघि बढाइसकेको छ । चीनले सिनोभ्याक बायोटेक लिमिटेडले तयार पारेको खोप परीक्षण गर्न नेपालसँग अनुमति मागेको छ ।

चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगमा कार्यरत एक हजार बढी कर्मचारीमा यो खोप परीक्षण गर्न चीनले परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव पठाएको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताएका छन् ।

खोप परीक्षण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले परिषद्लाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । तर वैज्ञानिक मूल्यांकन गरेर ट्रायल गर्न दिने नदिनेबारे एक दुई दिनमै निर्णय गर्ने डा. ज्ञवालीले बताएका छन् ।


चिनियाँ खोप जुलाईदेखि नै प्रयोगमा

चीनले आफुले बनाउँदै गरेको खोपलाई गत जुलाई देखि नै प्रयोग गरिरहेको दाबी गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक जना वरिष्ठ अधिकारीका अनुसार यो खोप फ्रन्टलाईन मेडिकल प्रोफेसनहरु जस्ता हाई रिस्क क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान एवं प्राविधिक विकास केन्द्रका निर्देशक झेङ झेङवेईले चिनियाँ टेलिभिजन सीसीटीभी–२ को ‘डाइलग’ कार्यक्रममा भनेका छन्, ‘गत २२ जुलाईमा यो खोप उपयोग गर्ने बारेमा निर्णय गरिएको थियो ।’

उनका अनुसार कोरोना फ्रन्टलाइनमा खटिएका चिकित्सकहरु, महामारी विरुद्ध रोकथामकर्मीहरु, ज्वरो नाप्ने क्लिनिकका स्वास्थ्यकर्मीहरु, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुमा यो खोप लगाइएको छ । झेंग ‘जोइन्ट प्रिभेन्सन एण्ड कन्ट्रोल मेकानिजम अफ स्टेट काउन्सिलका भ्याक्सिन रिसर्च एण्ड डेभलपमेन्ट’ प्रमुख हुन् ।

यो खोपलाई सिनोफर्माको चाइना नेशनल बायोटक ग्रुप कम्पनी लिमिटेडले बनाइरहेको छ । यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण यूएई, पेरु, मोरक्को र अर्जेन्टिनामा भैरहेको छ ।

‘हाम्रो देशको खोप कानुनको अनुच्छेद २० मा स्पष्ट प्रावधान छ कि आपतकालिन उपयोगका लागि राष्ट्रिय स्वास्थ्य आयोगले खोपको उपयोगका लागि आवदेन दिन सक्छ । र, राज्य खाद्य एवं औषधि प्रशासन विशेषज्ञले त्यसको मूल्यांकन गरेपछि सहमति प्रदान गरेपछि राष्ट्रिय स्वास्थ्य आयोगले निश्चित समयका लागि खोप अभियान चलाउन सक्छ ।’ निर्देशक झेङले भनेका छन् ।

उनले भनेका छन्, ‘अर्को चरणको खोप अभियान आगामी हिउँदमा भाइरसको प्रकोप रोक्नका लागि दिन सकिन्छ जसले प्रतिरक्षा प्रणालीमा स्थापित गर्न सकोस ।’

तर, चीनले यसअघि नै जनमुक्ति सेनाका सदस्यहरुमाथि पनि कोरोना विरुद्धको खोप परीक्षणलाई मन्जुरी दिइसकेको थियो । त्यो खोप बेइजिङ इन्स्टिच्यूट अफ वायोटेक्नोलोजीद्वारा संयुक्र रुपमा विकसित गरिएको थियो । जनु, चीनको सैन्य चिकित्सा विज्ञान एकेडमीको अंग रहेको छ ।

चाइना ह्यूमन भ्याक्सिन इन्डस्ट्रिजको रिपोर्ट २०१८–२०२२ अनुसार चीन विश्वमै सबैभन्दा धेरै खोप उत्पादक एवं उपभोक्ता मुलुक हो । देशभरका ४० कम्पनीले हरेक वर्ष १ विलियन भन्दा बढी खोप उत्पादन क्षमता राख्दछन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : १२ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी