११ भदौ २०८३, बिहिबार | August 27, 2026

विश्व एड्स दिवसमा बुटवलमा सचेतना रयाली



बुटवल । ३७ औँ विश्व एड्स दिवस (डिसेम्बर १) को अवसरमा बुटवलमा बृहत सचेतनामुलक रयाली गरिएको छ । ‘अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ नारासहित अक्सबृज ईन्टरनेश्नल एकेडेमीको आयोजनामा आईतबार सचेतनामुलक रयाली गरिएको हो ।

कालिकानगर एकेडेमी परिसरबाट निस्किएको रयाली राजमार्ग चौराहामा आएर कोणसभामा परिणत भएको थियो । रातो रिबनसहित सहभागिहरु विभिन्न ब्यानर, प्लेकार्डसहित सहभागी रहेका थिए ।कार्यक्रममा एकेडेमीका कार्यवाहक अध्यक्ष गोबिन्द खनालले एचआईभीको बारेमा लामोसमयदेखि सरोकारवालाहरु सचेतनामा लाग्दा सकारात्मक प्रभाव परेको बताए । ‘अहिले यो घट्दो रहेको छ ।’-उनले भने । सरकारी तथ्याक अनुसार एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको उनले बताए । नेपालमा एचआइभीको प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको भन्दै उनले यौनजन्य क्रियाकलापमा अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण रोक्न सचेतना जरुरी रहेको बताए । नेपालमा एचआइभी सङ्क्रमितहरू उपचारात्मक अनि परामर्शत्मक सुविधातर्फ धेरै पछि खुल्न र जान लागेको उनले बताए । विज्ञानको आविष्कार र विकासबाट हरेक समस्याको समाधान निकाल्ने युगमा यसको पनि निवारण सम्भव भएको उनले बताए ।

कार्यक्रममा एकेडेमीका निर्देशक डिपि खनालले नेपालका ग्रामिण भेगका परिवारहरु अन्जानमै एचाईभी संक्रमण भएको धेरै घटनाहरु रहेको भन्दै खुला सिमाना र जोखिमपूर्ण यौन क्रियाकलापमा युवाहरुको संलग्नता कारणको रुपमा देखिएको बताए । धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू समाजभित्रै रहेको र उनिहरुलाई उचित शिक्षा अनि सहज जीवनयापन सुनिश्चित सरकारको दायित्व भएको उनले बताए ।

पत्रकार स्वस्तिक श्रेष्ठले समुदायका सबै सरोकारवालाहरुको कारण नै पछिल्लोसमय सकारात्मक नतिजा आएको बताए । स्थानिय स्तरमा संघसंस्थाहरुको अगुवाईमा गरिने सचेतनामुलक कार्यक्रम धेरै प्रभावकारी हुने भन्दै उनले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा संक्रमितहरुदाई निःशुल्क वितरण गरिने सेवाहरु सरल र सहजतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थी सुरक्षा नेपालीले एचआइभी र एड्स दुइटा भिन्न भएको भन्दै एचआइभी एउटा भाइरस र जसको कारणले एड्सको अवस्थामा पुग्ने हुदा यस्ता सामान्य विषयमा समेत जानकारी समुदायमा दिन जरुरी रहेको बताईन । एचआइभीलाई अहिले संसार भरि सङ्क्रमणका रूपमा हेरिने समेत उनले बताइन ।

सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १३ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन