५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलको औद्योगिक व्यापार मेलामा व्यूटि एक्स्पो हुने



बुटवल । बुटवलमा हुँदै गरेको औद्योगिक व्यापार मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक ‘व्यूटि एक्स्पो’ सञ्चालनको तयारी गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघले यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गर्न गईरहेको औद्योगिक व्यापार मेलामा व्यूटि एक्स्पो गर्न लागिएको एक्स्पोकी संयोजक तथा संघकी कार्यसमिति सदस्य रेनु श्रेष्ठले जानकारी गराइन ।

औद्योगिक व्यापार मेला भित्र सञ्चालन गरिने व्यूटि एक्स्पो छुट्टै पेभिलियनमा हुनेछ । एक्स्पोमा महिला तथा पुरुष दुबैलाई व्यूटिसंग सम्बन्धित विषयमा सेवासंगै कम्पनीका उत्पादनहरु विक्रि वितरण गरिनेछ ।

एक्स्पोमा स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गरिने उनले जानकारी गराए । व्यूटि एक्स्पोमा सरदर २० वटा स्टल समावेश गरिने छ भने छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिनेछ ।

एक्स्पोमा यस क्षेत्रमा २५ वर्षभन्दा लामो समय सेवा गरेका व्यूटिसियनलाई सम्मान गरिने छ । त्यस्तै सौन्दर्य र स्वास्थ्यका विषयमा कम्पनीका प्रतिनीधि, डर्माटोलोजिष्ट र व्यूटिसियन सम्मिलित अन्तरक्रिया कार्यक्रम गरिने छ । एक्स्पोमा सहभागि स्टलहरुका विचमा मेकअप प्रतियोगिता गराईनेछ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने स्टललाई नगद पुरस्कार सहित सम्मान गरिने व्यूटि एक्स्पोकी संयोजक श्रेष्ठले जानकारी गराइन ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ५१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य