२६ बैशाख २०८३, शनिबार | May 10, 2026

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएका उनलाई यहाँको बयान सकिएपछि आज बुद्ध एयरको जहाजमार्फत चितवन लगिएको हो ।

चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार उनलाई चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसअघि सहकारी ठगी प्रकरणमा लामिछानेसँग कास्कीको पोखरा, रुपन्देहीको बुटवल र काठमाडौंमा बयान लिइसकिएको छ ।

लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडिया नेटवर्कमार्फत रकम अपचलन गरेको आरोप छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् । उनलाई सहकारी गठी प्रकरणमा प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पोखरा लगिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : २४ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु