२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन ।

उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताए ।

एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै उनले यसले बृहत एकता र धुवीकरणको बाटो फरालिको बनाउने बताए । आज मात्रै तीन बामपंथी दलसित एकता वार्ता भएको जानकारी दिदै उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए ।

नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहदै आएको बताए । अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरु शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुस्खद रहेको उनले बताए ।

आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए । त्यसका लागि शिक्षकहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए । यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससङ्गै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ५१ बजे

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो