१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै



काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।

पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौं महानगरपालिका-८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो ।

उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहेका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिए । पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ३५ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०