२० माघ २०८२, मंगलबार | February 4, 2026

बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक



काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

समझदारी पत्रमा कुनै विशिष्ट क्षेत्रमा सहकार्यको लागि, दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा हस्ताक्षर गर्ने उल्लेख छ । त्यस्तै दुई पक्षबीच सहयोग र वार्ता सञ्चालन गर्दा साझा विकासका लागि संयुक्त परामर्श, अर्थपूर्ण प्रभावका लागि व्यावहारिक सहयोग, लगानी वृद्धिका लागि नीतिगत वातावरणमा सुधार, सम्भाव्य परियोजनाको कार्यान्वयनका लागि वार्ता गर्न संरचित मार्गदर्शन प्रदान गरी समझदारीपत्रलाई प्रभावकारी तुल्याउन दुवै पक्षले साझा गरेको पारस्परिक हितलाई महसुस गर्ने सिद्धान्त अपनाइने उल्लेख छ ।

समझदारीपत्रमा सहयोगको क्षेत्रको परिधिभित्र पर्ने परियोजनाको पहिचान र विकास गर्ने, वित्तीय तथा प्राविधिक स्रोतको बाँडफाँट, वित्तपोषणको व्यवस्था, खरिद विधि, कार्यान्वयन र कार्यान्वयनका लागि जिम्मेवार निकायको पदनामजस्ता क्षेत्रमा वार्ताको माध्यमबाट परियोजनाको विकासलाई सहजीकरण र तीव्रता दिने उल्लेख छ ।

यसैगरी आर्थिक सहयोग, वित्तीय क्षेत्रको सहयोग, यातायात, सम्पर्क र लजिस्टिक्स सहकार्य, व्यापार, औद्योगिक क्षमता र लगानी सहकार्य, भन्सार सहयोग विषयमा सहकार्यमा आधारित रहेर दुवै पक्षले सहयोगलाई प्रगाढ बनाउन प्रोत्साहित गर्ने उल्लेख छ ।

नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै परम्परागत मित्रता रहँदै आएको छ । दुई देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध, पारस्परिक लाभकारी आर्थिक सहयोग र जनस्तरको घनिष्ठ आदानप्रदानमा निरन्तर प्रगति हासिल गरेका छन् । सन् २०१७ मे १२ का दिन चीन सरकार र नेपाल सरकारबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ०७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको