७ पुस २०८२, सोमबार | December 22, 2025

प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह



चितवन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे। उनले भने, “योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पु-याउने गरी निर्माण अघि बढाउने छौँ ।”

कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।

उपप्रधानमन्त्री सिंहसँगै चितवन गरे गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ४१ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत